बाढीसँगै बगेका ‘पूर्वतयारी तथा प्रतिकार्य योजना’
nepalnews.com · Fri Sep 18 04:15:30 GMT 2026

१० भदौको विनाशकारी आकस्मिक बाढी आउनुभन्दा करिब दुई साताअघिसम्म रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन समिति जिल्लाभित्र आउन सक्ने सबैखाले विपद्को पूर्वतयारीमै जुटेका थिए। दुवैले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ ल्याएका थिए। तिनमा विगतका सिकाइका आधारमा जोखिम स्थान तथा प्रभावित हुन सक्ने जनसंख्याको पहिचान गरेर आवश्यक पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीको व्यवस्था गर्ने र विपद्मा खोज, उद्धार, उपचार तथा राहतलाई प्रभावकारी बनाउन उचित चाँजोपाँजो मिलाउने मुख्य योजना उल्लेख छन्।
‘प्रकोप जोखिम विश्लेषण’ गरेर मुख्य विपद्का कारण सम्भावित प्रभावित क्षेत्रमा उत्पन्न हुन सक्ने परिस्थितिलाई सम्बोधन गर्न ल्याइएको पूर्वतयारी तथा प्रतिकार्य योजना रसुवा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २६ साउनमा स्वीकृत गरेर ३० साउनमा वेबसाइटमा अपलोड गरिएको छ। नुवाकोट विपद् व्यवस्थापन समितिले २८ साउनमा स्वीकृत गरेर १ भदौमा वेबसाइटमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)