केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि
gorkhapatraonline.com · Tue Jun 02 09:42:36 GMT 2026

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ ।
प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा समान २–२ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्णका प्रतिस्पर्धा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)