वैकल्पिक ट्रयाक खुलेपछि घट्यो ग्यासको मूल्य, अब सिलिन्डर २ हजार ६० रुपैयाँमै
nepallive.com · Fri Sep 18 04:25:00 GMT 2026

काठमाडौं – नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ ।
पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)