गणेशमानको स्मरण गर्दे गगनले भने- अग्रजले देखाएको लोकतान्त्रिक आदर्श व्यवहारमा उतारौं
nepalviews.com · Fri Sep 18 04:20:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले कांग्रेस १५औँ महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै महाधिवेशनलाई नेतृत्व चयन गर्ने माध्यम मात्र नबनाई गणेशमानजस्ता अग्रजहरूले देखाएको बाटो आत्मसात् गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)