कसैको व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुन्न : प्रकाशमान सिंह
ratopati.com · Fri Sep 18 04:27:46 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५ औँ महाधिवेशन समयमै सम्पन्न गरिने बताएका छन् ।
शुक्रबार काठमाडौँको शोभा भगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले पार्टीभित्र पछिल्लो समय चर्चामा रहेको विशेष महाधिवेशनको मागप्रति लक्षित गर्दै उनले यो कांग्रेसको चाहना नभएको जिकिर गरे। उनले भने, ‘कसैको व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)