आज काठमाडौँसहित ३२ जिल्लामा बाढीको जोखिम
kendrabindu.com · Fri Sep 18 04:26:14 GMT 2026

काठमाडौं । आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने सम्भावना रहेको पनि बाढी महाशाखाले उल्लेख गरेको छ।
यस्तै आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ, दार्चुला आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना देखिएको बाढी महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)