नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
nepalsamaya.com · Fri Sep 18 04:27:04 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ नोटबारे जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साविककै आकार तथा रङमा हुनेछ। नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)