विद्यालयमा छात्राको सङ्ख्या बढी
gorkhapatraonline.com · Fri Sep 18 04:27:55 GMT 2026

हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसी काममा सीमित राख्ने परम्परा थियो । पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ्दै गएको छ । जिल्लाका कतिपय विद्यालयमा छात्राको सङ्ख्या छात्रभन्दा बढी हुन थालेको छ ।
जिल्ला सदरमुकाम गमगढीस्थित महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्कबहादुर रोकायाका अनुसार एक दशकअघिको तुलनामा पछिल्ला एकदुई वर्षयता छात्राको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । उहाँले कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राको सङ्ख्या एक हजार एक जना छ भने छात्रको सङ्ख्या ८५० रहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)