दोलखामा सम्पर्क कार्यालय खोलेर १५औँ महाधिवेशनको तयारी तीव्र
annapurnapost.com · Fri Sep 18 04:24:31 GMT 2026

दोलखा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीले दोलखामा गति लिँदै गर्दा पार्टीभित्र आन्तरिक राजनीतिक गतिविधि बाक्लिएको छ। वडा अधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सदरमुकाम चरिकोटमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।
काफ्लेले बिहीबार चरिकोटमा स्थापना गरेको कार्यालयलाई महाधिवेशन केन्द्रित भेटघाट, छलफल र नेता–कार्यकर्ताबीच समन्वय गर्ने थलोका रूपमा प्रयोग गरिने जनाइएको छ। वडा अधिवेशनदेखि पालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला तहसम्मको अधिवेशन प्रक्रियालाई लक्षित गर्दै नियमित सम्पर्क र समन्वयका लागि कार्यालय खोलिएको काफ्ले पक्षको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)