प्रतिपक्षको भूमिकाबारे मन्त्री गौतमले भनिन्- मैले देख्न चाहेको संसद् यस्तै हो
nepalsamaya.com · Fri Sep 18 04:32:33 GMT 2026

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले निर्वाह गरेको संसदीय भूमिकाको खुलेर प्रशंसा गरेकी छन्। दलीय स्वार्थभन्दा माथि उठेर विषयको गहिराइमा पुग्ने र रचनात्मक बहस गर्ने प्रतिपक्षको शैलीबाट आफू निकै प्रभावित भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले भनिन्, ‘पछिल्लो दुई दिनको प्रतिनिधि सभा बैठकले मलाई साँच्चै प्रभावित बनाएको छ, विशेषगरी प्रतिपक्षका माननीयज्यूहरूको संसदीय भूमिकाले। प्रश्न गर्नुभयो, विषयको गहिराइमा पुगेर तर्क गर्नुभयो, फरक धारणा र सुझाव राख्नुभयो र विषय उचित लाग्दा खुला मनले समर्थन पनि गर्नुभयो। मैले देख्न चाहेको संसद् यस्तै हो, जहाँ पक्ष र प्रतिपक्ष दलभन्दा माथि उठेर बहस गर्न सकून्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)