विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै
Ujyaaloonline.com · Wed Dec 03 16:50:53 GMT 2025
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै राखेको छ । विराटनगरले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।
लुम्बिनीका डी आर्सी सर्टले ५७ र निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सन्दीप लामिछाने र सुबाश भण्डारीले समान २ तथा जर्ज मुन्सेले १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)