दुर्घटनामा २ जनाको ज्यान गयो
kendrabindu.com · Fri Sep 18 04:37:39 GMT 2026

चितवन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका-७ वीरेन्द्रनगरमा बिहीबार साँझ भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ पौने आठ बजे तेल बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका-१० का शक्ति चौधरी र नसिब चौधरीको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।