स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव : मन्त्री दाहाल
baahrakhari.com · Wed Jan 01 17:15:02 GMT 2025

दमौली (तनहुँ) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् ।
यहाँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को आज शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गरे । स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको बताउँदै उनले भने, “लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।” विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)