५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै
khabarhub.com · Fri Sep 18 04:43:17 GMT 2026

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ। काभ्रेका सांस्कृतिक धरोहर मानिने पनौती, नमोबुद्ध र तेमाललाई जोडेर परिपथ निर्माण गर्न सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंका अनुसार क्रमागत बजेटमार्फत सम्पन्न गरिने यो योजनाको गुरुयोजना तयार भइसकेको छ। पहिलो चरणमा १० करोड रुपैयाँ खर्च गरी पनौतीको डबलीदेखि नमोबुद्धसम्मको करिब ८ किलोमिटर सडक क्षेत्रमा बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। सडकका दायाँबायाँ माने, चैत्य, लाफिङ बुद्धका प्रतिमा र थान्कासहितका जानकारीमूलक बोर्डहरू राखिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)