वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
ratopati.com · Wed Jan 01 17:28:00 GMT 2025

काठमाडौँ । वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)