यातायातमन्त्री आफैंले गरे सात अर्बको मुग्लिन-पोखरा पश्चिम सडकको अनुगमन
ratopati.com · Wed Jan 01 18:36:00 GMT 2025

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आफैंले मुग्लिन पोखरा सडक योजना पश्चिम सडक खण्डको निरीक्षण गरेका छन् । मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको कामको स्थलगत अनुगमन गर्दै प्रगतिबारे जानकारी लिएका हुन् ।
त्यसक्रममा मन्त्री दाहालले पछिल्लो समय उक्त खण्डमा भएको प्रगति सन्तोषजनक रहेको बताए । पछिल्लो पटक थप भएको म्यादभित्रै काम सम्पन्न गर्न उनले आयोजनाका सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)