बाँकेमा आगजनीमा नष्ट ३१ हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता पुनः कायम
gorkhapatraonline.com · Fri Sep 18 04:56:49 GMT 2026

गत वर्ष ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीमा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय, नेपालगन्जले नष्ट भएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) सम्बन्धी अभिलेख पुनः कायम गर्ने कामलाई तीव्रता दिएको छ।
कार्यालयका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ वटा जग्गाको जग्गाधनी प्रमाणपुर्जासँग सम्बन्धित स्रेस्ता पुनः कायम गरिएको छ। आगजनीमा कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट भएपछि अभिलेख पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)