भोजपुरका उपमेयर र वडाध्यक्ष एमालेबाट निष्कासित
kendrabindu.com · Fri Sep 18 04:53:55 GMT 2026

विराटनगर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेले निष्कासित छ । नेकपा एमाले प्रदेश कमिटी पदाधिकारीको हिजो बसेको बैठकले शेर्पालाई कारबाही गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
०७९ को निर्वाचनमा एमालेबाट उप प्रमुखमा निर्वाचित भएकी शेर्पाले निरन्तर पार्टी विरुद्ध अभिव्यक्ति दिएको, पार्टी हितविपरीत कार्य गरेको आरोप लगाइएको छ । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट कारवाहीका लागि सिफारिस भएर आएकाले कारबाही गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)