वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
ratopati.com · Tue Jun 02 10:22:10 GMT 2026

वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको बताए । उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)