कमल शिशिरले ल्याए ‘लाल्टिन बालेर’
ratopati.com · Tue Jun 02 10:21:13 GMT 2026

काठमाडौँ । समसामयिक राजनीतिक विषय, कविता, मुक्तक र गजलमा कलम चलाउँदै आएका गुल्मी पुर्कोटका कमल शिशिरले लाल्टिन बालेर बोलको गीत सार्वजनिक गरेका छन् ।
शिशिरको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त थापा र देवी घर्तीको स्वर रहेको गीतमा नन्दु परियारले सङ्गीत भरेका छन्। दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् । म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीको समूहले गरेको छ भने सुजन कोइरालाको सम्पादन रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)