मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिया श्रमिकको एक अर्ब रकम साहुको खातामा

ekantipur.com · Fri Sep 01 01:01:00 GMT 2023

बिर्तामोड — लघुवित्तबाट लिएको डेढ लाख रुपैयाँको ऋणले नेपाल उराउको अनुहारको उज्यालो खोसिएको छ । आफन्त र साथीभाइलाई तिर्नुपर्ने ऋणको दायित्व त छँदै छ, आफूले पाउनुपर्ने रकम चिया बगानका मालिकले नदिएपछि उराउ ऋणको मारमा छन् । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटमा कार्यरत उराउले बगान मालिक छत्रबहादुर गिरीसँग एक लाख ७० हजारभन्दा बढी पैसा लिनुपर्नेछ । गिरीले पैसा नदिएपछि उराउ ऋणमा परेका हुन् । उराउकी आमा बुटेन उराउको ३ वर्षअघि निधन भयो । उनकी आमा पनि गिरीबन्धु टी इस्टेटमा काम गर्ने स्थायी श्रमिक थिइन् ।

५८ वर्ष उमेर हद, निधन वा अन्य कुनै कारण चिया बगानको काम छाड्नुपर्दा श्रमिकले सञ्चय कोष र उपदानको रकम पाउने व्यवस्था छ । बुटेन उराउको पनि ०५१ सालदेखिको सञ्चय कोष र उपदान रकम पाउन बाँकी छ । काम छोडेकै दिन पाउनुपर्ने सञ्चय कोष र उपदानको रकम आमाको निधन भएको ३ वर्ष बितिसक्दासमेत नपाउँदा ऋणैऋणमा परेको नेपाल उनको दुखेसो छ । छोरा कैलाशको किरिया खर्चमा लागेको ३० हजार ऋणले ८० वर्षीया आमा नरमाया सुनुवारको निद्रा हराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)