पदयात्राको नयाँ गन्तव्य बन्दै ‘रुद्रपुर गढी’
barnanmedia.com · Wed Jan 01 21:26:48 GMT 2025

काठमाडौँ, १८ पुस : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्ने रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
पूर्व पश्चिम राजमार्गको दलदलेदेखि करिब २५ किलोमिटरको उत्तरतर्फ रहेको रुद्रपुर गढी पुग्नेको सङ्ख्या अहिले दिनहुँ बढ्न थालेको हुप्सेकोट गाउँपालिका–५, का अध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा हिजोआज रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । एक हजार नौ सय ३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली जान नसक्नेहरू धेरै जसो रुद्रपुर गढी पुग्ने गरेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)