त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
nepalnews.com · Fri Sep 18 05:07:47 GMT 2026

हेटौंडा। हेटौंडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुबै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए। त्रिभुवन राजपथले हेटौंडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौंडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)