तीन घण्टापछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
annapurnapost.com · Fri Sep 18 04:59:13 GMT 2026

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाट नजिकै चौकीभीरमा ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब तीन घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
सोही स्थानमा यसअघि पनि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। राति पहिरो पन्छाउने काम भए पनि शुक्रबार बिहान करिब ६:४५ बजे पुनः पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)