मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति

barnanmedia.com · Wed Jan 01 21:34:22 GMT 2025

काठमाडौँ, १८ पुस : मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको हो ।

यो छात्रवृत्तिमा मधेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले अवसर पाउने मधेश प्रदेशको शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका छोरी र जेहेन्दार छात्रालाई उच्च शिक्षामा सहुलियत पु¥याउन छोरी छात्रवृत्ति योजना बढाइएको बताउनुभएको छ । मन्त्रिपरिषद्बाट निर्णय भई अघि बढेको यससम्बन्धी प्रक्रिया अब प्रदेश शिक्षा निर्देशनालयले अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)