कन्दराले ल्यायो ‘हुनेछः द सङ्ग अफ होप’
barnanmedia.com · Wed Jan 01 21:30:39 GMT 2025

काठमाडौँ, १८ पुस : ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ ।
साङ्गीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको सुरुआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसङ्गीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।” उहाँले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)