मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘भेरिएसन’ नहुँदा महाकालीमा पुल निमार्णको काम प्रभावित

barnanmedia.com · Wed Jan 01 21:37:00 GMT 2025

काठमाडौँ, १८ पुसः कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताउनुभयो । “नयाँ डिजाइन गत वर्ष चैतमै स्वीकृत भएको हो, अहिलेसम्म भेरिएसन भएको छैन,” इन्जिनियर पाण्डेयले भन्नुभयो, “भेरिएसनका लागि पटक पटक ताकेता गर्दा पनि हुन सकेको छैन ।” उहाँले समयमै भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुन सक्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)