बाढी-पहिरोले देशभर कहाँ कति क्षति ?
ekantipur.com · Tue Oct 19 16:29:48 GMT 2021
काठमाडौँ — अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अरु २४ जना बेपत्ता छन् । सयौं मानिस विस्थापित बनेका छन् । हिउँद सुरु हुँदैगर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् । विशेषगरी तराई क्षेत्रमा वर्षाले धान, गहुँसहित ठूलो मात्रामा अन्नबाली नष्ट पारेको छ भने कतिपय बस्ती डुबानमा परेका छन् ।
बाढीपहिरोले गर्दा पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन् । महाकाली, सेती, कर्णाली लगायत देशका ठूला नदीको बहाव ह्वात्तै बढ्दा आसपासका बस्ती जोखिममा परेका छन् । केही स्थानमा भने पहिरोको जोखिमका कारण मानिसनहरु विस्थापित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)