मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्न दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिने

barnanmedia.com · Wed Jan 01 21:49:21 GMT 2025

काठमाडौँ, १८ पुसः शुक्लाफाँटा नगरपालिका– १० का ११ विपन्न दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । शुक्लाफाँटा नगरपालिका र ‘निड्स’ नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत आवास निर्माण गरिने भएको हो ।

एउटा आवास निड्सले नमूनाका रूपमा निर्माण गर्ने भएको छ भने अन्य १० वटा नगरपालिका र निड्सको साझेदारीमा निर्माण हुने जनाइएको छ । आवास निर्माणमा स्थानीयले श्रमदान गर्नुपर्ने छ । निड्सका सामाजिक विकास अधिकृत लालबहादुर डगौरा थारूका अनुसार दलित समुदायका लागि दुई कोठा, एक बरण्डा र एक शौचालयसहितको सुरक्षित आवास निर्माण गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)