मन्त्री दाहालद्वारा मुग्लिन–पोखरा पश्चिम खण्डको अनुगमन
barnanmedia.com · Wed Jan 01 21:52:37 GMT 2025

काठमाडौँ, १८ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डको आज निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिनुभएको छ ।
मन्त्री दाहालले पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भइरहेको कामको आज स्थलगत अनुगमन गर्दै प्रगतिबारे जानकारी लिनुभएको हो । त्यसक्रममा मन्त्री दाहालले पछिल्लो समय उक्त खण्डमा भएको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । पछिल्लो पटक थप भएको म्यादभित्रै काम सम्पन्न गर्न उहाँले आयोजनाका सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)