बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
aarthiknews.com

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले असोज २ गते २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न बोलकबोल गर्ने भएको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार असोज २ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्न सकिनेछ। स्वीकृत निक्षेपको साँवा तथा ब्याज असोज ३० गते भुक्तानी गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)