कोशी प्रदेशकै लामो झोलुङ्गे पुलमा पर्यटकहरूको घुइँचो, बन्दैछ पर्यटनको एक नयाँ गन्तव्य
deshsanchar.com · Wed Jan 01 22:40:58 GMT 2025
झापा- पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् ।
यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)