डडेल्धुरामा चरी बाघ मृत फेला
ekantipur.com · Wed Dec 03 17:34:04 GMT 2025

डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा बुधबार एक चरी बाघ मृत अवस्थामा फेला परेको छ । गाउँपालिकाको पूर्वमा प्वाल भट्टे गाउँ, पश्चिममा धामी गाउँ, उत्तरमा भगवती मन्दिर र दक्षिणमा बन्डुवा खेतले घेरिएको क्षेत्रभित्र अन्दाजी दुई वर्षको चरी बाघ मृत भेटिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
चरी बाघ मृत भेटिएको सूचना पाएपछि वन कार्यालयको टोली घटनास्थल पुगेको थियो । टोलीले मृत भेटिएको चरी बाघलाई आवश्यक प्रक्रिया पूरा गरी कार्यालय परिसरमा ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)