मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलभित्र लोकतन्त्रको संकट

ekantipur.com · Wed Jan 01 23:26:46 GMT 2025

कुनै पनि पार्टीभित्र असमझदारी, असमति हुन सक्छन् । विचार र मत राख्ने अधिकार सबै नेता कार्यकर्ताको हुन्छ । त्यसैलाई त प्रजातन्त्र भनिएको हो ।

एउटा संवैधानिक दायरामा बसेर बोल्न लेख्ने स्वतन्त्र रूपले नपाउने हो भने प्रजातन्त्र आयो भनेर किन भन्नु ? जनताले विश्वास गरेको पार्टी एमालेभित्र किन लोकतन्त्रको संकट देखिँदै छ ? एमालेले भीम रावल, माधव नेपाल, घनश्याम भुसालहरूलाई पार्टीबाट निष्कासन गर्‍यो भन्ने ठूलो कुरा होइन, यसले देशको राजनीतिक अवस्थालाई कस्तो असर पार्छ भन्ने महत्त्वपूर्ण हो । अमेरिकाजस्तो देशमा दुई मुख्य पार्टी छन्, हाम्रो देशमा भने निर्वाचन आयोगमा दर्ता भएका १२१ दल छन् । यसरी दल खोल्ने होडबाजी किन चल्यो ? जसको कारकमा एमाले अध्यक्ष देखाएको कार्यशैली नै देखिन्छ । माधव नेपाल, झलनाथ खनाल असन्तुष्ट भएका एकीकृत समाजवादी पार्टी खोले । भीम रावललाई कारबाही गरेपछि उनी अर्को पार्टी खोल्ने तयारीमा लागिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)