मुङखेती गर्ने किसानलाई अनुदान
deshsanchar.com · Thu Mar 20 17:15:34 GMT 2025

कञ्चनपुर – मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको छ। छोटो अवधिमा बढी उत्पादन दिने मुङको खेतीलाई विस्तार गर्ने उद्देश्यले नगरपालिकाले अनुदानको कार्यक्रम अघि सारेको हो।
प्रतिकठ्ठा रु एक हजारका दरले किसानलाई अनुदान दिने व्यवस्था गरिएको छ। कम्तीमा तीन कठ्ठा र बढीमा एक बिघा जग्गामा मुङखेती गर्ने किसानलाई अनुदान दिइने नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले बताए। उनका अनुसार किसानलाई अनुदान उपलब्ध गराउन रु नौ लाख बजेट परिचालन गरिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)