अलैँचीको मूल्यमा लगातार गिरावट, किसानमा बढ्यो चिन्ता
kalakarmi.com · Fri Sep 18 05:25:44 GMT 2026

ताप्लेजुङ- भदौ पहिलो सातादेखि कारोबार प्रारम्भ भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार प्रारम्भ भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो ।
एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीवार एक हजार रुपैयाँ मूल्य घढेर ८२ हजार रुपैयाँमा कारोबार छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भदौ पहिलो साता प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपियाँमा कारोबार भएको थियो । भदौको दोस्रो साताभर प्रारम्भ कै मूल्यमा अलैँचीको कारोबार भएको र त्यसपछि मूल्य घट्न थालेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)