उखु किसानको अनुदानमा उद्योगको लापरबाही, हरेक वर्ष रकम 'फ्रिज'
annapurnapost.com · Fri Sep 18 05:23:03 GMT 2026

परासी : नवलपरासीमा हरेक वर्ष उखु किसानले पाउने सरकारी अनुदान रकम फ्रिज हुँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार जिल्लामा हरेक वर्ष उखु उत्पादन बढ्दै गएको छ । तर, उद्योगहरूले किसानको विवरण नपठाउँदा अनुदान रकम किसानसम्म पुग्न नसकी सरकारी खातामै फिर्ता हुने गरेको हो ।
उद्योगले उपलब्ध गराएको विवरणअनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका)ले अनुदान रकम किसानको बैंक खातामा उपलब्ध गराउँदै आएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल सरकारी अनुदान रकम १७ करोड १२ लाख ८ हजार आएकोमा ७ लाख ९३ हजार फ्रिज भएको कोलेनिका नवलपरासीका लेखापाल कमल महतले जानकारी दिए । ६ हजार ९१९ किसानले उखु उपलब्ध गराएकोमा ६ हजार ५४७ किसानले भुक्तानी पाएका हुन् । प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराएकोमा ३७२ जना किसानको रकम फ्रिज भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)