गुण्डुमा ओली र पोखरेलबीच चर्काचर्की
barnanmedia.com · Fri Sep 18 05:22:55 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर चर्को भनाभन भएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बिहीबार बिहान अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको शीर्ष नेताहरूको बैठकमा दुई शीर्ष नेताबिच तीव्र नोकझोक भएको हो।
छलफलका क्रममा अध्यक्ष ओलीले आफूले पार्टीलाई बलियो शक्ति बनाएको दाबी गर्दै आफ्नो सिनियरिटी र योगदानको सम्मान गरी प्रतिवेदन पुनर्लेखन गर्न दबाब दिएका थिए। ‘अहिले आएर मैले भनेको नमान्ने? मैले भनेको खुरुक्क मान्नुहोस्, प्रतिवेदन पुनर्लेखन गर्नुहोस्,’ भन्दै ओली प्रस्तुत भएपछि महासचिव पोखरेलले कडा प्रतिवाद गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)