पाँच सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता
baahrakhari.com · Fri Sep 18 05:32:50 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टलको अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ गरी १३५ बचतकर्ताको रकम फिर्ता गरेको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)