समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
nepalnews.com · Fri Sep 18 05:36:54 GMT 2026

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसैगरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)