हुलाकमार्फत घरमै राहदानी
gorkhapatraonline.com · Fri Sep 18 05:36:50 GMT 2026

गोरखामा हुलाक सेवामार्फत घरमै राहदानी प्राप्त गर्ने सेवाग्राहीको सङ्ख्या ५५० पुगेको छ । जिल्ला हुलाक कार्यालय गोरखामार्फत गत वैशाख १५ गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमै राहदानी पुर्याउने सेवा सञ्चालन हुँदै आएको हो ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हालसम्म करिब छ सय जनाले घरमै राहदानी प्राप्त गर्नका लागि फाराम भरेका छन् । तीमध्ये ५५० जनाले घरमै राहदानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रममा रहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)