‘फ्लाइओभर’ का लागि दबाब
gorkhapatraonline.com · Fri Sep 18 05:38:57 GMT 2026

धमाधम विस्तार भइरहेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा ‘फ्लाइओभर’ निर्माणका लागि स्थानीयले दबाब बढाउँदै लगेका छन् । सडक आयोजनाले ललितपुरको ग्वार्कोमा झैँ पर्खाल उठाएर ‘ओभरपास’ निर्माणको काम अघि बढाएपछि स्थानीय असन्तुष्ट छन् । पिल्लरसहितको ‘फ्लाइओभर’ निर्माण हुनुपर्ने स्थानीयको माग छ ।