वीरगञ्जका मेयर सिंहलाई धरौटीमा छाड्न आदेश
nepalnews.com · Tue Jun 02 10:56:45 GMT 2026

वीरगञ्ज। पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले मंगलबार लिखित सम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश भएको अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिए। “झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने १५ हजार रुपैयाँमा धरौटीमा छाड्न आदेश भएको छ” उनले भने, “न्यायाधीशबाट आदेश आइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
राजेशमान सिंह