मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा भित्रिए एक लाख बढी विदेशी पर्यटक

annapurnapost.com · Tue Jun 02 10:52:30 GMT 2026

काठमाडौं : सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय