राप्ती किनारामा गोहीले दुई हात र खुट्टा खाएको अवस्थामा वृद्धको शव भेटियो
nepalpress.com · Tue Jun 02 10:58:26 GMT 2026

चितवन । चितवनमा एक व्यक्तिको गोहीले खाएर मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३, बेलहट्टा घर भएका ६० वर्षीय कुल बहादुर चोखालको गोहीले खाएर मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार हरियाली सामुदायिक वनमा घाँस काट्न गएका चोखाल राप्ती नदीको किनारमा मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)