बक्स अफिसमा ‘कार्की साइँला’ को आक्रामक सुरुआत
kalakarmi.com · Fri Sep 18 05:41:29 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साइँला’ आज शुक्रवारदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । बिहानी शो अधिकांश हलहरूमा हाउसफुलका साथ प्रारम्भ भएको तथा प्रारम्भिक व्यापार उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ ।
फिल्मकी मुख्य अभिनेत्री प्रियना आचार्य ९मुन्नी० ले आज बिहानै पशुपतिनाथको दर्शन गरी आशीर्वाद लिएकी छिन् । यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी उनले सफलताको कामना गर्दै पशुपतिनाथ पुगेको बताइन् । दर्शन गरेपछि अभिनेत्री आचार्यले भनिन्– ‘आजदेखि मेरो डेब्यू फिल्म ‘कार्की साइँला’ दर्शकमाझ आएको छ । यो विशेष दिनमा भगवान् पशुपतिनाथको दर्शन गरी आशीर्वाद मागेँ । महादेवको कृपा र हजुरहरूको माया–आशीर्वादले मेरो यो सपना अझ सुन्दर बनोस् । फिल्म हेरेर साथ दिनुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)