समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
reportersnepal.com · Fri Sep 18 05:42:43 GMT 2026

काठमाडौँ, २ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)