वीरगञ्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
annapurnapost.com · Tue Jun 02 10:59:57 GMT 2026

वीरगञ्ज : पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई चार लाख १५ हजार रुपैयाँ धरौटी तिरे रिहा गर्न आदेश दिएको छ । नागरिकता लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मेयर सिंहलाई मंगलबार नै अपरान्ह अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पर्साको ठोरी गाँउपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मंगलबार बिहान मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले मेयर सिंहको बयान लिएका थिए । बयान सकिएपछि उनीविरुद्ध रेग्मीकै इजलाशमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि रेग्मीको इजलासले झुठा विवरण पेश गरेर नागरिकता बनाएको कसुरमा १५ हजार र लिखतसम्बन्धी कसुरमा चार लाख रुपैंयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
दिलभूषण पाठक
राजेशमान सिंह
नेपाल प्रहरी