मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्यासको खपत घटाउने उपाय

rajdhanidaily.com · Sun Mar 26 23:21:42 GMT 2023

पछिल्लो समय खाना पकाउँदा प्रयोग हुँदै आएको एलपी ग्यासको आयात घट्नुका साथै विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार नेपालमा लगभग ६ प्रतिशतले ग्यासको आयात घटेको छ । सहर बजारमा खाना पकाउन ग्यास नै अनिवार्य सर्त हुँदै आएकोमा पछिल्लो समय गाउँ घरमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । दाउरा, गुइँठा, गोबरग्यास प्रयोग गरेर खाना पकाउने गाउँघरका उपभोक्तासमेत ग्यासप्रति आकर्षित हुँदै गएका बेलामा खपत घटेको तथ्य सार्वजनिक हुनु भनेको विद्युतीय चुल्होप्रति आकर्षण बढेकै हो । यद्यपि ग्यास आयात घट्नुको खास कारण के हो भन्नेमा अध्ययन भइसकेको छैन ।

सहर बजारमा मात्रै हैन बिजुलीको पहुँचमा रहेका कतिपय गाउँघरका मान्छेले समेत भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न थालेका छन् । सर्वसाधारण नागरिक विद्युतीय सामग्रीप्रति आकर्षित भए भने ग्यास खपत स्वतः कम हुन्छ । ग्यासको खपत कम हुनु मुलुकका लागि फाइदाको कुरा पनि हो । किनकी ग्यास, पेट्रोललगायतका वस्तु दोस्रो मुलुकबाट पैसा तिरेर किन्नुपर्ने हाम्रो जस्तो मुलुकमा खपत कम हुँदा मुद्रा सञ्चयमा सहयोग पुग्छ । त्यसकारण आगामी दिनमा विद्युतीय चुल्हो प्रयोगलाई सर्वसाधारणले बुझ्नेगरी अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)