पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता
reportersnepal.com · Fri Sep 18 05:47:15 GMT 2026

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)